१३ पुस । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे निवार्ची हुनु भएको छ । आज संसदीय दलको निवार्चनमा २७ सदस्य रहको कांग्रेसमा २ जनाले मनोनय दर्ता गर्नु भएको थियो । कांग्रेस प्रदेश कमिटीले बुधबार संसदीय दलको नेता छान्न तालिको तोकिएको थियो ।
दलको नेताका लागि सुरेन्द्र पाण्डे १८ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस पस्थी स्याजाका भोजराज अर्यालले ८ मत प्राप्त गर्नु भएको छ । १ मत वदर भएको निवार्चन संयोजक विष्णुप्रसाद लामिछानेले जानकारी दिनु भयो ।
दलको नेता बन्न ४ जनाले आकांक्षी देखाएपनि अन्तिममा २ जनाले मात्र मनोनय दर्ता गराउनु भएको हो । सुरेन्द्र पाण्डेको प्रस्तावक बिन्दुकुमार थापा र समर्थक टकराज गुरुङ रहनु भएको थियो । यस्तै, अर्यालका प्रस्तावक महेन्द्रधोज जिसी, पार्वती तामाङ समर्थक रहनु भएको थियो ।
संसदीय दलको नेतामा निवार्चीत भए पछि संचारकर्मीहरु सगँ संक्षिप्त कुरा गर्दै पाण्डेले गण्डकी प्रदेशमा केन्द्रीय समीकरणका कारण अहिले कांग्रेस नेतृत्वमा सरकार वन्ने अवस्था नरहेको भन्दै अन्य साना दलहरु सग भने निरन्तर छलफल गर्ने बताउनु भयो । पाण्डेले प्रदेशमा प्रतिपक्ष पार्टी कस्तो हुन्छ भन्ने देश भरनै थाहा हुने बताउनु भयो ।
