नेपाल जेसिज अन्तर्गतका सम्पूर्ण शाखाका महासचिवहरुको भेला गोरखाको आतिथ्यतामा सम्पन्न

समाचार

नेपाल जेसिज अन्तर्गतका बर्ष २०२३ का महासचिवहरुको भेला ऐतिहासिक, धर्मिक तथा पर्यटकिय नगरी गोर्खाको आतिथ्यतामा सम्पन्न भएको छ ।

यहि बैशाख २२ र २३ गते भएको महासचिवहरुको भेलाले आउँदो दिनमा जेसिज प्रति महासचिवहरुले गर्नु पर्ने काम र कर्तव्य बारे छलफल साथै सम्पूर्ण शाखाका महासचिवहरु विच परिचयात्मक कार्यक्रम भएको हो ।

गोर्खा जेसिज २०२३ का महासिचव संगमबाबु श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा नाल्दुम नगरकोट जेसिज २०२३ का महासचिव दिपा लामाले जेसिजको आस्था पाठ बाचन गर्नु भएको थियो ।

कार्यक्रम भव्य रुपमा सफल पार्नका लागि शाखा अध्यक्षहरु, महासचिवहरु पूर्व अध्यक्षहरु, क्षेत्र संयोजकहरु र गोर्खा अन्तर्गतका सम्पूर्ण होटल व्यवसायिहरुलाई साथ र सहयोगका लागि गोर्खा जेसिजका महासचिव श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभएको छ ।

भेलामा उपस्थित शाखा महासचिवहरुले गोर्खा म्युजियम, संग्राहलय, द्रव्य शाह चौतारा, चिल्ड्रन पार्क, भिमसेन पार्क, गोर्खा दरबार लगायतका ठाँउहरुको अवलोकन समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *