एक युवाले आफ्नै लिङ्ग काटेर हेटौँडा अस्पताल पुगे, चुँडिन लागेको भागलाई फालेर भयो शल्यक्रिया

समाचार

साउन ३२ । मकवानपुरको हेटौँडा स्थित होटलमा बसेका एक जना युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका छन् ।

हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग काटेका हुन् । मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी ठेगाना भएका उनले बुधवार राती १० बजेको समयमा आफ्नै संवेदनशील अंग काटेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

संवेदनशील अंग काटेर उपचारको लागि उनी आफै हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको राति १२ बजे चितवन रिफर गरिदिएको थियो । चितवन मेडिकल कलेज भरतपुरका निर्देशक डा. दयाराम लम्सालका अनुसार युवकको लिङ्गको चुँडिन लागेको भागलाई (६/७ घण्टा भन्दा पहिले काटिएको र काटिएको भाग) जीवित नभएको त्यसलाई फालेर शल्यक्रिया गरिएको बताए ।

अस्पतालका सर्जन डा. किशोर ताम्राकार र डा. वीरेन्द्र राउतको टोलीले हुमागाईको शल्यक्रिया गरेको हो ।

प्रहरीलाई बयानको क्रममा उनले आफैले आफ्नो लिंग काटेको बताएका छन् । उनको अवस्था हाल मध्यम रहेको प्रहरीको भनाई रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *