सामाजिक संजाल मार्फत महिलालाई अश्लिलता प्रदर्शन गर्ने व्यक्ति पक्राउ

समाचार

भदौ ५ । सामाजिक संजाल म्यासेन्जरमा अपरिचित महिलालाई ‘भिडियो कल’ गरेर अश्लिलता प्रदर्शन गरेको आरोपमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–४ घर भएका २९ बर्षीय तुफान केसी रहेको र केसीलाई काठमाडौँबाट पक्राउ गरिएको साइबर ब्यूरोका एसपी पशुपति कुमार रायले बताए ।

‘भिडियो कल’ गरेर फरक मोबाइलमा रेकर्ड समेत गर्दै आरोपीतले नकारात्मक कमेन्ट गरेको पीडितको आरोप छ ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी रायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *