भदौ १३ । आरुघाट गाउँपालिका वडा नम्बर ९ का वडा सदस्य शंकर माझी अरिंगाल पोल्न जाँदा रुखबाट लड्दा उपचारको क्रममा मृत्यु भएको छ ।
मंगलबार राती करिब ९ बजे आरुघाट गाउँपालिका वडा नम्बर ८ स्थित लामाबगरमा रहेको सिमलको रुखमा चढी अरिंगाल पोल्ने क्रममा रुखको हाँगा भाँचिदा गम्भीर घाइते भएका माझीलाई उपचारका लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र गोरखामा लगिएको थियो ।
गोरखा आरुटार घर भएका ३६ बर्षका माझी मंगलबार राति १०:३० बजे उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गोरखामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
त्यस्तै वडा सदस्य माझीको निधननको शोकमा आरुघाट गाउँपालिकाले बुधबार शोक बिदा दिएको छ ।
