प्रथम पृथ्वीनारायण गोल्डकप गोरखामा सुरु, उद्घाटन खेलमा आयोजक विजयी

खेलकुद

गोरखा ।

गोरखा नगरपालिका–१० छेवेटारस्थित खेल मैदानमा प्रथम पृथ्वीनारायण गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन्।

फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका ७ क्लब र आयोजक गोरखा स्पोट्र्स डेभलपमेन्ट कमिटी सहित कुल ८ टिमबीच प्रतिस्पर्धा हुनेछ।

उद्घाटन खेलमा आज संकटा एफसी काठमाडौं र आयोजक टिमबीच भएको खेलमा आयोजकले १–० गोलको जित हासिल गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेको छ।

पहिलो खेलको प्लयेर अफ दि म्याच आयोजक टिमका जर्सी नम्बर १८ का सन्त बहादुर गुरुङ भएका छन् ।

गोल्डकपलाई लक्षित गरी छेवेटार क्षेत्रमा खाना महोत्सव पनि आयोजना गरिएको छ। महोत्सवमा स्थानीय खानाका परिकारसँगै विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेताले ८ लाख रुपैयाँ नगदसहित ट्रफी तथा उपविजेताले ४ लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन्।

आयोजकका अनुसार प्रतियोगिताले खेलकुद प्रवद्र्धनसँगै गोरखाको पर्यटन विकासमा समेत महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *