बुङकोटमा प्रभु बैंक र समाजसेवी सन्जित थापाद्वारा SEE–२०८२ का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय ब्याग वितरण

समाचार

गोरखा । सहिद लखन गाउँपालिका–७, बुङकोट वडा कार्यालयको समन्वयमा प्रभु बैंक लिमिटेड शाखा कार्यालय गोरखाको आर्थिक सहयोग र समाजसेवी सन्जित थापाको पहलमा श्री सहिद स्मृति माध्यमिक विद्यालय बुङकोटका कक्षा १० का विद्यार्थीहरूलाई एसइइ –२०८२ पूर्वतयारी शैक्षिक सामग्री तथा विद्यालय ब्याग वितरण गरिएको छ ।

कार्यक्रममा ३० जना विद्यार्थीलाई प्रति विद्यार्थी २ दर्जन कपि, २ दर्जन पेन, एक सेट ज्यामेट्री बक्स, क्यालकुलेटर, टेनसेट बुक र विद्यालय ब्याग वितरण गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

बुङकोट सुसारेका स्थायी बासिन्दा तथा हाल वैदेशिक रोजगारमा रहेका समाजसेवी सन्जित थापाले आफ्ना पिता स्व. इमानसिं थापा मगरको सम्झनामा ३० थान विद्यालय ब्याग सहयोग गरेका हुन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष शरण श्रेष्ठ, वडा सदस्य टकमाया परिवार, प्रभु बैंक गोरखा शाखाका प्रबन्धक तिर्थराज रिजाल, कर्मचारी सजना श्रेष्ठ र गोबिन्द न्यौपाने, प्रधानाध्यापक रोहिणी प्रसाद खनाल, शिक्षक अभिभावक संघ अध्यक्ष बाबु श्रेष्ठ, शिक्षक गणेशकुमार श्रेष्ठ, सुनिल खनाल र लोककुमारी पनेरु लगायतको उपस्थिति थियो ।

विद्यालय परिवारले प्रभु बैंक लिमिटेड गोरखा शाखा, गण्डकी प्रदेश व्यवसायिक केन्द्रका प्रमुख अधिकृत राजु राना मगर तथा सहयोगी समाजसेवी सन्जित थापाप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *