गोरखा प्रहरीले ट्रामाडोल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बिहीबार दिउँसो करिब २ः३० बजे आरुघाट गाउँपालिका–९ चापानीस्थित सडकखण्डमा सवारी साधन जाँचका क्रममा ग ६ प ६७७५ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा पछाडि सवार व्यक्तिले ट्रामाडोल २ पत्ता (२० क्याप्सुल) फाल्न खोजेका थिए।
बरामद गरिएको लागुऔषधसहित मोटरसाइकल चालक गोरखा नगरपालिका–१ ताप्ले निवासी २१ वर्षीय जीवन घिताल र आरुघाट गाउँपालिका–९ आरुटार निवासी २५ वर्षीय सरोज रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरी निरीक्षक धिरेन्द्र यादवका अनुसार दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेकामाथि थप अनुसन्धानका लागि गोरखा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।

