स्वर्णिम वाग्लेलाई यो पटक टिकट नपाउने पक्का

राजनीति

नेपाली कांग्रेसले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई यो पटक टिकट नपाउने पक्का भएको छ ।

वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । उनले काठमाडौं ५ वा गोरखा १ बाट चुनाव लड्ने विकल्प पनि अघि सारेका थिए ।

तर चितवन १ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेललाई टिकट दिइएको छ भने काठमाडौं ५ मा प्रदीप पौडेलले टिकट पाएका छन् । अब स्वर्णिमले यो पटक टिकट नपाउने पक्का भएको कांग्रेसका एक पदाधिकारीले बताए ।

गगन थापाले स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउन जोडबल गरेका थिए । उनले अन्यत्र नमिले आफ्नै क्षेत्र (काठमाडौं ४) छोडिदिन तयार रहेको बताएका थिए । तर पार्टी सभापति शेरबहादुर देउवाले अस्वीकार गरे । देउवाले काठमाडौं ४ मा गगन उम्मेदवार नबने स्वर्णिमको सट्टा अर्कै व्यक्तिलाई टिकट दिने बताएपछि कुरा नमिलेको कांग्रेस स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *