पृथ्वीराजमार्ग अन्तर्गत धादिङको धुनिबेशी नगरपालिका-६ धार्केमा दुई ट्रक रासायनिक मल किसानहरुले कब्जामा लिएका छन्। भारततर्फबाट काठमाडौँ भित्र्याउदै गरेको रासायनिक मल धार्के आसपासका किसानले बीचबाटोमै ट्रक रोकेर मल निकालेका हुन्। अहिले देशभर मल अभाव छ। धान रोप्ने समयमा पनि मल नपाएको भन्दै किसान आक्रोशित भइरहेका बेला आज धार्केमा किसानहरुले मल कब्जा गरेका हुन्। किसानहरुले मल कब्जा गर्ने क्रममा प्रहरीले भीडलाई तितर-वितर गर्न लाठी प्रहार पनि गरेको छ। भिडियो लिन्क: https://fb.watch/dJwdonxXEi/
