डान्स सम्बन्धि कला देखाउने कुनै पनि मंच नहुदा गोरखा डान्स स्टार २०७९ ले गोरखा जिल्लाको विभिन्न ठाँउ बाट छनोट गरि एक सय जना मेघा अडिसनको लागि छनोट गरेको थियो ।त्येस मध्ये छनोट प्रतिस्पर्धिहरु लाई शनिवार गोरखा सदरमुकामको निर्माण ब्येबसायी हलमा मेघा अडिसन गरिएको थियो ।
एक सय प्रतिस्पर्धि बाट ३५ जना साथै एक टिम राम्रो प्रस्तुतिको आधारमा निर्णायक द्वारा गोरखा डान्स क्रुउ सेमिफाइनलका लागी छनोट गरेको आयोजक गोरखा डान्स एकेडेमीले जनाएको छ ।
सेमिफाइनल यही असार ११ गते गोरखा सदरमुकामको हरमटारी चोक स्थित होटेल मिराकलमा हुने आयोजक संस्थाका बिजय थापाले बताए ।
उनका अनुसार फाइनल भने साउन महिनामा हुनेछ ।

